धनगढीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

धनगढी- धनगढी उपमहानगरपालिका स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको धनगढी उपमहानगरकी उपप्रमुख कन्दकला रानालो धनगढी रङशालामा बिहिबार एक कार्यक्रमका बीच उद्घाटन गरिन् ।

Dadeldhura hospital

५ दिनसम्म संचालन हुने प्रतियोगितामा धनगढी उपमहानगरपालिका भित्रका २५ सामुदायिक र १२ संस्थागत गरि ३७ वटा विद्यालयको सहभागीता रहेको छ । प्रतियोगितामा विभिन्न खेलमा गरि सामुदायिक विद्यालयका १२३७ र संस्थागत विद्यालयका २५५ गरि १४९२ खेलाडी सहभागि भएका छन्। हरेक बर्ष गरिने विद्यालय स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा ६ वटा विधामा ५२ वटा इभेन्ट खेलाइने छ ।

godawari10 Mahila hinsa
Navadurga sun

प्रतियोगितामा छात्रा र छात्र तर्फका भलिबल, कबड्डी, दौड, हाईजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटपट, मार्सल आर्ट, तेक्वान्दो, उसु जस्ता खेलहरु खेलाइने जनाइएको छ ।

राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताका लागि उपमहानगरपालिकाबाट आन्तरिक तर्फ ८ लाख र संघीय ससर्त अनुदान तर्फ १ लाख गरी ९ लाख बजेट बिनियोजित गरिएको छ ।

Loading...