कृष्णपुर नगरस्तरीय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनोटको उपाधि समैजी माविलाई

गुलरिया- कृष्णपुर नगरस्तरीय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनोटको उपाधि समैजी माविले जितेको छ । शुक्रबार कृष्ण मावि गुलरीयाको प्राङंगणमा सम्पन्न छनोट प्रतियोगीताको उपाधि दोश्रो पटक समैजी माविले जितेको हो । कृष्ण मावि गुलरीयाकै प्राङंगणमा अघिल्लो वर्ष सम्पन्न १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनोटको उपाधि पनि समैजी माविले नै जितेको थियो ।

Dadeldhura hospital

कृष्णपुर नगरपालिकाको आयोजनामा पौष २४ गतेदेखि शुरु भएको १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगीतामा सहभागी २५ विद्यालयलाई पछि पार्दै समैजीले यसपटक पनि उपाधि हात पारेको हो । समैजी ६ स्वणर्,४ रजत र ७ कास्य गरी जम्मा १७ पदकका साथ प्रथम भएको हो । त्यस्तै सनलाइट बो.स्कुलले ५ स्वणर्,६ रजत र ५ कास्य गरी जम्मा १६ पदकका साथ दोश्रो भएको छ भने ५ स्वणर् पदक सहित डाइमण्ड ई.बो.स्कुल तृतिय भएको छ । छनोट प्रतियोगीतामा प्रथम,दृतिय र तृतिय स्थान हाँसिल गर्ने विद्यालयलाई प्रतियोगीता मुल आयोजक समितिका संयोजक एंव कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले एक औपचारिक कार्यक्रमका बीच पुरस्कार तथा शिल्ड प्रदान गरे । नगरस्तरीय छनोट प्रतियोगीतामा नगरभरीका १३ सामुदायिक र १२ संस्थागत गरी २५ विद्यालयको सहभागिता रहेको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

समापन समारोहमा बोल्दै १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगीतामा मुल आयोजक समितिका संयोजक एंव कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले कृष्णपुर नगरपालिकाले खेलकुदलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले राष्ट्रपति रनिङ्ग शिल्डमा सहभागी नभएका खेलहरु क्रिकेट र फुटबललाई मेयर कपको रुपमा छिट्टै सञ्चालन गरिने समेत बताए । खेलकुदको प्रारम्भ बिन्दु नै विद्यालय भएको भन्दै नगरप्रमुख ओझाले आगामी राष्ट्रपति रनिङ्ग शिल्डलाई थप व्यवस्थित तथा गुणस्तरीय तरीकाले सञ्चानल गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । यसैवर्ष १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड जिल्ला स्तरीय छनोट प्रतियोगीता पनि कृष्णपुर नगरपालिकामै आयोजना हुनेछ त्यसका लागि पनि भोलिदेखि नै नगरपालिकाको टिमले तयारी थाल्ने नगरप्रमुख ओझाले बताए ।

नगरप्रमुख हेमराज ओझाको अध्यक्षतामा सम्पन्न १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगीताको प्रमुख अतिथि राष्ट्रिय भूमि आयोग कञ्चनपुरका जिल्ला सदस्य दिल बहादुर देउवा रहेका थिए भने वडा न ३ का अध्यक्ष खेम चौधरी,वडा न.४ का अध्यक्ष धर्म बहादुर सिंह,विभिन्न विद्यालयका प्रअहरु र उल्लेख्य मात्रामा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

Loading...