नयाँ व्यवस्थापनका साथ अलिशा म्युजिक रेकर्डिङ स्टुडियो सञ्चालनमा

अत्तरिया- कैलालीको अत्तरियामा नयाँ व्यवस्थापनका साथ अलिशा म्युजिक रेकर्डिङ स्टुडियो सञ्चालनमा आएको छ । गोदावरी नगरपालिका वडा नम्बर २ नमस्ते गल्लीमा शनिबारबाट रेकर्डिङ स्टुडियो सञ्चालनमा आएको हो ।

शनिबार सुदूरपश्चिम प्रदेशका उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिंह धामीले स्टुडियोको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री धामीले सुदूरपश्चिमको कला संस्कृतिको संरक्षण सम्बर्धन र प्रवर्द्धन गर्नका निमित्त स्टुडियोले महत्वपूणर् भूमिका निर्वाह गर्ने बताए ।

Navadurga sun

उनले कला संस्कृतिको क्षेत्रलाई संरक्षण सम्बर्धन र प्रवर्द्धन गर्ने उद्यमी व्यवसायीहरुलाई प्रदेश सरकारको प्रत्यक्ष सहभागिता र सहयोग रहने प्रतिबद्धता जनाए । आगामी आउने आर्थिक बर्षको बजेट व्यवस्था भित्र प्रदेश सरकारले कला संस्कृतिको छुट्टै शिर्षकमा बजेट व्यवस्थापन गर्ने गरी प्रदेश सरकार लागिपरको उनले बताए । मन्त्री धामीले कला संस्कृति जगेर्नाको लागि सबैको साथ सहयोगको पनि अपिल गरे ।

स्टुडियोका सञ्चालक किशोर कुमार भण्डारीले गितसंगित क्षेत्रमा २५ बर्षको अनुभव रहेको बताउदै बिभिन्न स्थानबाट म्युजिक रेकर्डिङ स्टुडियोको काम गरी हाल अत्तरियामा नयाँ व्यवस्थापनका साथ अलिसा म्युजिक रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याएको बताए ।

सुदूरपश्चिमको पहिलो स्टुडियो रहेको बताउदै सञ्चालक भण्डारीले दुई दशक भन्दा बढी समय देखि निरन्तर संगित क्षेत्रमा लागेर हजारौ कलाकारलाई उत्पादन गर्दै आएको बताए । स्टुडियोमा लोकदोहोरी, डेउडा, राना थारु, चलचित्र लगायतका गीतहरू रेकर्ड हुने उनले बताए । उनले गितसंगित रेकर्डिङ गर्न चाहनेहरुलाई सुलभ मुल्यमा रेकर्डिङ गरिने बताउदै सेवाको अवसर दिन आग्रह गरे ।

झण्डै १५ लाख लगानीमा अलिशा म्युजिक रेकर्डिङ स्टुडियो नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको स्टुडियोकी सहसञ्चालक कृष्णा सिराडीले बताईन् । उनले सुदूरपश्चिमका नवकलाकारहरूलाई काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गर्दै अत्तरियामा स्टुडियो सञ्चालनमा ल्याएको बताईन् । २०७३ सालदेखी गितसंगित संगसंगै अलिसा म्युजिक रेकर्डिङ स्टुडियोसंग सहकार्य गरेर म्युजिकको कार्यलाई अगाढी बढाईरहेको सहसञ्चालक सिराडीले बताईन् ।

यस अघि अलिशा म्युजिक रेकर्डिङ स्टुडियो गोदावरी नगरपालिका-१ अत्तरिया स्थित महेन्द्रनगररोड बरपिपल गल्लीमा सञ्चालनमा रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...