कञ्चनपुरमा युवती मृत फेला

कञ्चनपुर- कञ्चनपुरमा युवती हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका-६ की २२ वर्षीया लक्ष्मी खडकाको हत्या आरोपमा उनकै प्रेमी भनिएका हुम्लाको सिमिकोट गाउँपालिका-४ का भेषराज शाही पक्राउ परेका हुन् ।

Dadeldhura hospital

खड्का भीमदत्त नगरपालिका-१८ खैरभट्टीमा मृत भेटिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीका अनुसार पक्राउ परेका शाही नन्दा जोशीको घर रेखदेखको काम गर्थे ।

Navadurga sun
Godawari sandesh

फोनबाट चिनजानमा आएकी मृतक खड्का ४ दिनअघि घरबाट शाहीसँगै भागेर गएकी थिइन् । मृतक खड्काका परिवारले शाही विरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको डिएसपी डाँगीले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको छ ।

Loading...