

कञ्चनपुर- बेदकोट नगरपालिकाका नगर उप-प्रमुख तुलसी जोशीले आफूलाई छाडा चौपाया व्यवस्थापनमा अनावश्यक आरोप लगाउनेहरुले आत्म आलोचना गर्न पर्ने बताएकी छन् ।


इन्द्रेणी कृषि सहकारी संस्था लि.को १२ औं बार्षिक साधारण सभा उद्घाटन सत्रमा उनले आफूले छाडा चौपाया व्यवस्थापनको कार्य अघि बढाउँदा आफू माथि अनावश्यक लान्छना लगाइएको बताएकी हुन् ।


बेदकोट नगरपालिकाले छाडा चौपाया व्यवस्थापनको जिम्मा आफूलाई दिएपछि जग्गा खोजेर व्यवस्थापनका लागि अघि बढ्दा राजनीतिक पूर्वाग्रह राखेर अनावश्यकता आरोप लगाइएको बताइन् ।
‘बेदकोट नगरपालिका ४ बैतोडामा जग्गा खोजेर व्यवस्थापनका कार्य अघि बढाउँदा म माथि कुटपिट गर्यो भन्ने आरोप लगाइयो, राजनीतिकले पूर्वाग्रहले गर्दा यस्तो भो, त्यो सम्झदा अहिले पनि मलाई रुन मन लाग्छ’ उनले भनिन्, ‘त्यसमा संलग्नले अहिले आत्मआलोचना गर्नु पर्छ, म जनप्रतिनिधि भएर मान्छे कुट्ने, म अध्यात्मिक मान्छे, त्यो जग्गामा नरिवल गाडेपछि कुटपिट गरेको भनेर प्रचार गरियो, यस्तै हो भने म आउँदा दिन यस्तमा गन्धा खेलमा लाग्ने छैन ।’
नगर उप-प्रमुख जोशीले आफूमाथि अनाश्यक आरोप लगाईए पनि आफूले कसैबाट साथ नपाएको दुखेसो पोखिन् । उनले आफूलाई पार्टी, पार्टीका संगठन, महिला कसैले पनि साथ नदिएको बताइन् ।

‘मलाई एक जनाले पनि तिमीले के गरेको हो भनेर कसैले सोधेन, खै मेरो पार्टी संगठन, खैरो मेरा महिला दिदी बहिनीहरु, मेरा लागि एउटा शब्द पनि बोल्ने कोही भएनन्’ नगर उप-प्रमुख जोशीले भनिन् ।
नगर उप-प्रमुख जोशीले बैजनाथ महिला बहुउद्देश्यीय सहकारी संस्था लि.ले सबै वडा अध्यक्षहरुलाई बोलाएर जग्गा व्यवस्थापनका लागि छलफल गरिएको बताइन् । त्यस छलफलमा सबै वडा अध्यक्षहरुले चौपाया व्यवस्थापनका लागि जग्गा नभएको बताएको उनले बताइन् ।
चौपाया व्यवस्थापनका लागि चाहिने जग्गा खोजीका लागि आफूले नगर प्रमुख सित पनि छलफल गरेको उनको भनाई थियो । वडा अध्यक्ष सित छलफलबाट जग्गाको सम्भावना नभएपछि सहकारीले बेदकोट नगरपालिक ४ बैताडोमा बाल ज्योति माध्यमिक विद्यालयको १२ बिगाहा जग्गा खोजी गरिएको बताइन् ।
बैतोडामा चौपाया व्यवस्थापनका लागि जग्गा खोजी भएपछि स्थानीयले चौपाया व्यवस्थापन हुनु पर्ने भन्दै नगरपालिका कार्यालय पुगाएका थिए । नगरपालिका चौपाया पुगाउने स्थानीयले नगर उप-प्रमुख जोशी माथि कुटपिट गरेको आरोप लगाएका थिए ।
नगर उप-प्रमुख जोशीले त्यति बेला कुटपिट आरोपको खण्डन गरेकी थिइन् । स्थानीयले नगरपालिकामा पुगाएका छाडा चौपायालाई केही दिन कार्यालय नजिक चौधर नदीको बगरमा राखेर बैतोडा लगिएको थियो ।
अहिले बैतोडामा ५ सय बढी चौपाया राखिएका छन् । नगरपालिकाले सबै वडाबाट चौपायालाई लगेर बैतोडा पुगाएको थियो ।