बालकुमारी घटनामा संयमता कायम नगरेको भन्दै दुई प्रहरी निलम्बित

काठमाडौं- सरकारले बालकुमारी घटनामा संयमता कायम नगरेको भन्दै सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवारलाई निलम्बन गर्ने निणर्य गरेको छ ।

Dadeldhura hospital

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले उनीहरूलाई कारबाही गर्ने निणर्य गरेको हो।गृहमन्त्री श्रेष्ठका अनुसार फिल्डमा खटिएका प्रहरी नायब उपरीक्षक, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पिएसओलाई निलम्बन गर्ने निणर्य भएको छ ।

Navadurga sun
Godawari sandesh

यस्तै, ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई प्रहरी हेडक्वार्टर र सिडिओ रूद्र प्रसाद पण्डितलाई थप सोधपुछका लागि गृह मन्त्रालय तानिएको छ । यस्तै, इपिएस शाखाका निर्देशक गुरूदत्त सुवेदीलाई सरूवा गर्ने निणर्य पनि सरकारले गरेको छ ।

शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए । त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोली समेत चलाएको थियो। घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

Loading...