कैलालीको अत्तरिया चोकमा मन्त्री किराँतीको पुत्ला दहन

अत्तरिया- कैलालीको अत्तरिया चोकमा संस्कृति पर्यटन मन्त्री सुदन किराँतीद्वारा दिइएको धार्मिक सद्भाव भड्काउने अभिव्यक्तिको बिरोधमा मन्त्री किरातीको पुत्ला दहन गरि, विभिन्न नारा सहित जुलूस निकाली चोक परिक्रमा गरि बिरोध गरिएको छ ।

Ganyapdhura gau

राप्रपा गोदावरी नगर कमिटीको आयोजनामा नगर अध्यक्ष दुर्गा कुमार पोखरेलको नेतृत्वमा करीव ३०/३५ जनाको सहभागितामा नारा जुलुस निकालिएको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनिहरुले निकालेका नारा जुलुस सामाजिक सद्भाव कायम गर, क्रिश्चियन दलाल सुदन किराँती मुर्दाबाद, इण्डो क्रिश्चियन दलाल मुर्दावाद, मन्त्री किराँती राजिनामा दे, धर्म निरपेक्षता खारेज गर, हिन्दूरास्ट्र कायम गर, राज संस्था जिन्दावाद, सम्पूणर् सनातनी एक हौ, राजा आउ देश बचाउ जस्ता नारा लगाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले मन्त्रीको राजीनाको माग गरेका छन् । धार्मिक सद्भाव भड़काउने अभिव्यक्ति राज्य विरोधी रहेको, सम्पूणर् हिन्दु धर्मावलम्बीहरु एक भएर अगाड़ी आउनुपर्ने भएको छ, हिन्दु धर्ममाथी खेलवाड गर्नेलाई अब नेपाली जनताले छोड्नु हुदैन, यो कुनै पार्टीको नभई रास्ट्रियताको कुरा हो लगायतका कुरा वक्ताहरुले व्यक्त गरेका थिए ।

भिडीयोमा हेर्नुहोस् (नारा जुलुस):

Couple
Loading...