नागरिक लगानी कोषको २६ औं साधारणसभा सम्पन्न, सेयरधनीलाई ९% बोनस सेयर दिने




काठमाडौं, १८ असार– नागरिक लगानी कोषले २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले १७.८९४७ प्रतिशत लाभांश पारित गर्नुका साथै कोष संचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न सभाले उक्त प्रस्ताव पारित गरेको हो ।



सभाले आर्थिक बर्ष २०७६/०७७ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८ दशमलव ८९४७ प्रतिशत नगद लाभांश स्वीकृत समेत गरेकाे छ । योसँगै लेखा परीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ । कोषले आधुनिक र सुविधा सम्पन्न कार्यालय भवन निर्माण गर्ने बिगत लामो समय देखिको आकांक्षालाई मुर्तरुप दिई यो वर्ष आफ्नै भवनमा उक्त सभा संचालन गरेको थियो ।


कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको बस्तु स्थिती बारे जानकारी दिएका थिए । चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा कोषले खर्ब ७२ अर्व रकम संकलन र १ खर्ब ७१ अर्व ९७ करोड लगानी गरेको छ । यस आवमा कोषको पुँजी बृद्धि हुनका साथै कारोबार विस्तार भई विगत देखि संचालन हुँदै आएका कोषहरू, हिसाब योजना तथा पुँजी बजार सम्बन्धी सेवा समेत निरन्तर रुपमा सञ्चालन भइरहेका छन् ।
कोषको आर्थिक वर्ष २०७६/०७७ को करपछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रहेको छ । खुद नाफा मध्ये बाँडफाँड योग्य रकम ५५ करोड ३६ लाख ७२ हजार रहेको छ । कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्देश्यले नागरिक पेन्सन योजना कार्यक्रम शुरु गरीसकेको उक्त कार्यक्रम मार्फत जानकारी गराइएको थियाे ।



