स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयमसेविकाको उच्च भूमिका : मेयर बोहरा

बेदकोटमा अवकाश हुने महिला स्वास्थ्य स्वयम् सेविकालाई १ लाख नगद सहित सम्मान पूर्वक विदाई गरिने

कञ्चनपुर– बेदकोट नगरपालिकाले अवकाश हुने महिला स्वास्थ्य स्वयम् सेविकालाई एक लाख एक हजार नगद र सम्मान गरी विदाई गर्ने भएको छ ।

मंगलबार २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवसका अवसरमा मेयर भोजराज बोहराले स्वयम् सेविकाले पालिकाको स्वास्थ्य सेवा प्रवाहमा पुगाएको योगदानको कदर गरी सम्मान गरी विदाई गर्ने बताएका हुन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रममा उनले बेदकोटको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयमसेविकाको उच्च भूमिका रहेको भन्दै प्रशंसा गरे । कार्यक्रममा १२ जना उत्कष्ठ स्वयम् सेविकालाई सम्मान गरिएको छ । ६० वर्ष उमेरमाथिका दुर्गा शर्मा, सावित्री चन्द, देवकी पन्त, गोमा रावल सहित बसन्ती बडू, अञ्जु साउद, बैजन्ती तिरुवा, शान्ति भट्ट, भागरती चौधरी, पार्वती जोशी, लक्ष्मी भट्ट, ईन्द्र साउदलाई कार्यक्रममा दोसल्ला ओढाएर प्रमाण पत्र प्रदान गरी सम्मान गरिएको छ ।

कार्यक्रममा बेदकोट नगरका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्ट, भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, बेदकोट नगर स्तरिय महिला स्वास्थ्य स्वयसेविका समन्वय समितिका अध्यक्ष पार्वती रोस्यारा, स्वास्थ्य शाखा प्रमुख हरिशा पाल लगायतका सहभागी भएका छन् ।

Loading...