वडा स्तरिय पुरुष ब्याडमेन्टन प्रतियोगिताको उपाधि वडा नम्बर १ को पोल्टामा

अत्तरिया- कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ३ मा गोदावरी विकास समितिको आयोजनामा वडा स्तरिय पुरुष ब्याटमेन्टन प्रतियोगितामा वडा नम्बर १ प्रथम भएको छ । उक्त प्रतियोगितामा फाइनलमा वडा नम्बर ३ लाई २-१ को सेटमा पराजित गर्दै वडा नम्बर १ ले जित निकालेको हो । प्रथम भएसंगै वडा नम्बर १ का सन्तोश भट्ट र भिम ठगुराठीले २० हजार १ सय नगद ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन ।

तेस्तै गरी दोस्रो भएको बडा नम्बर ३ का आशिष भट्टराइ र चेत राज पाण्डेयले दोस्रो स्थान हासिल गर्दै नगद रु १० हजार १ सय, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन ।

Navadurga sun

ब्याडमेन्टिन प्रतियोगिताका प्रमुख अतिथी गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले प्रथम हासिल गरेका खेलाडीलाई अबिर लगाउदै प्रमाणपत्र, मेडल र ट्रफी हस्तान्तरण गर्दै खेलाडीलाई प्रोत्साहन सँगै जित्नेलाई बधाई दिएका छन ।

तेस्तै गरी दोस्रो स्थान हासिल गरेको वडा न. ३ का खेलाडीलाई वडा न. ३ कै वडा अध्यक्षले अबिर लगाउदै प्रमाणपत्र, मेडल र ट्रफी हस्तान्तरण गरेका थिए ।

यसैबिच समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख विरेन्द्र भट्टले नगरमा कभर्ड हल निर्माण कार्यमा नगरपालिका सकारात्मक रहेको बताएका छन । उनले वडा नं. ३ मा अधुरो अवस्थामा रहेको कभर्ड हल निर्माणमा नगरपालिका अग्रसर रहेको बताए ।

‘गत वर्ष सामाजिक विकास मन्त्रीसँगको अनुरोधमा हामीले यो कभर्ड हल निर्माणका लागि सहयोग पाएका थियौँ’ उनले भने ‘अहिले यो बजेट अभावका कारण अधुरो अवस्थामा छ, यसको पुणर्ताका लागि कति बजेट आवश्यक पर्छ, प्राविधिक रिपोर्ट सहित नगरपालिकामा आउनुहोला, हामी यसलाई पुणर्ता दिने कुरामा अगाडी बढ्नेछौ ।’

उनले गोदावरी नगरभित्र युवालक्षित खेलकुदका कार्यक्रमहरु धेरै कम मात्रामा भएकाले युवालक्षित खेलकुदका कार्यक्रमका लागि पनि कभर्ड हल निर्माण जरुरी रहेको बताए ।

‘पछिल्लो केही समय यता नगरका सबै वडाहरुमा युवालक्षित कार्यक्रमहरु कम भएका छन’ उनले भने ‘आगामी दिनमा खेलकुदको क्षेत्रमा युवाहरुको सक्रियता बढाउन युवाहरुलाई प्रोत्साहित हुने किसिमका कार्यक्रमहरु ल्याईनेछन ।’ उनले शरिर स्वस्थ राख्न पनि खेलकुद आवश्यक भएकाले नगरले खेलकुदका क्षेत्रलाई प्राथमिकताका साथ हेर्ने उनको भनाई छ ।

ADD Khali jpg
Loading...