पक्की पुल चुनावी मुद्दामात्रै, काठेपुलले गुजारा

धनगढी- चुनावताका कैलालीको गौरीगङ्गा नगरपालिका–१० भैंसासुरस्थित लिक्मा (सुर्मा) नदीमा पक्की पुल बन्ने कुरा जोडतोडका साथ उठ्ने गर्छ। नेताहरुले नदीमा पुल बन्ने कुरालाई चुनावी मुद्दा नै बनाउने गर्छन्। तर, चुनाव सकिएसँगै पक्की पुलको कुरा सेलाएर जान्छ।

Ganyapdhura gau

“पुलको आश्वसन बाँडदै दलका नेताले भोट माग्दै आएको ११ वर्ष बितिसक्यो”, स्थानीय दीपेन्द्र चौधरीले भने,“अहिलेसम्म पुल बनेन।” नदीमा पुल नहुँदा वर्षातको समयमा ११ किलोमिटर हिडेर उदासीपुर पुग्ने गरेको उनले बताए ।

Navadurga sun
Godawari sandesh

भैंसासुर र उदासीपुर जोड्ने ठाउँमा पुल भएमा दुई मिनेटको बाटोमात्रै हो। पुल नहुँदा ११ किलोमिटर हिँडेर उदासीपुर पुग्नु पर्दछ”,चौधरीले भने।

पटक पटक आश्वसन पाएका स्थानीयले पक्की पुल नबनेपछि नदीमा काठेपुल बनाएर हिउँदमा ओहोरदोहोर गर्ने गरेका छन्। यसवर्ष पनि उनीहरुले आफ्नै खर्चमा काठेपुल निर्माण गरिसकेका छन्।

Dadeldhura hospital

विगत लामो समयदेखि पक्की पुलको माग गर्दै आए पनि सुनुवाइ नभएकाले आफूहरु बाध्य भएर काठको पुल बनाएर ओहोरदोहोर गर्ने गरेको भैंसासुर गाउँका भलमन्सा तीर्थ चौधरीले बताए ।

उनका अनुसार पुल निर्माणका लागि सरस्वती सामुदायिक वनले निःशुल्क रुपमा काठ दिएको थियो। त्यस्तै, फलामे किला किन्नका लागि स्थानीय लसीराम चौधरीले दुई हजार १०० रुपियाँ सहयोग गरेपछि सिङ्गो गाउँ हिड्ने पुल बन्यो।

“हामी गाउँघरका किसानसँग पैसा छैन। एक जना बुद्धिजिवीले किलाका लागि सहयोग गरेपछि पुल बनायौं”, भलमन्सा चौधरीले अगाडि थपे,“काठ चिरान खर्च मैले मेयरसँग माँगेको थिएँ।”

नदीमा काठे पुल बनेपछि स्थानीयले किलाका लागि सहयोग गर्ने व्यक्तिसहित सहयोगी अरुलाई फूलमाला लगाएर सम्मान व्यक्त गरेका थिए। हिउँदमा काठे पुलले गुजारा गरे पनि वर्षा याममा भने त्यो पुल टिक्दैन। बाढीले पुलको काठ बगाउने डरले गाउँवासीले जेठ मसान्तमै पुलबाट निकालेर काठ सुरक्षित राख्ने गरेका छन्।

त्यसपछि लगभग छ महिनासम्म झोलुङ्गे पुलमार्फत ओहोरदोहोर गर्नका लागि वडा नम्बर ८ को चमारीपुर पुग्ने गरेको भलमन्सा चौधरीले बताउनुभयो। चमारीपुरमा पुल नभएको बेला आफू झनै टाढा रहेको बढैपुर पुगेर ओहोरदोहोर गरेको उनले सुनाए ।

तीन तहको सरकार रहे पनि कुनै पनि सरकारबाट माग सम्बोधन हुन नसकेको स्थानीयको गुनासो छ। नदीमा पक्की पुल निर्माणका लागि लामो समयदेखि कुरा उठे पनि अहिलेसम्म सुनुवाइ नभएको स्थानीय दिनेश चौधरीको भनाइ छ। उनले पक्की पुल बन्ने कुरा चुनावी नारामै सीमित भएको उल्लेख गरे । गोरखापत्रबाट

Loading...