

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका ९ मा भुईया समाज सेवा समितिले सञ्चालन गरेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको सम्पन्न भएको छ । बिहीबार हरिवोधिनी एकादशीका दिन महायज्ञ सम्पन्न भएको हो ।


भुईया समाज सेवा समितिका अध्यक्ष तथा भलमन्सा नरेन्द्र रानाको सभापतित्वमा गरिएको समापन कार्यक्रममा बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा प्रमुख अतिथी रहेका थिए भने नगर उप-प्रमुख तुलशी जोशी विशिष्ठ अतिथि रहेकी थिइन् ।



कार्यक्रममा बेदकोट नगरपालिका ९ का वडा अध्यक्ष जनक बहादुर विष्ट, वडा सदस्यहरु, संघ संस्थाका प्रतिनिधि लगायतका उपस्थिति रहेको थियो ।
“बिना सत्संग विवेकन होई, रामकृपा विन सुलभन सोई” “तन—मन—धनले भगवात भगवानको सेवा गरौं” भन्ने मूल मन्त्रका साथ महायज्ञ सुरु भएको थियो । कञ्चनपुरमै पहिलो राना थारु समुदायको अगुवाईमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा अन्न दान, अर्थिक सहयोग, १४ जनाले तुला दान गरेका छन् ।
समापन कार्यक्रममा भुईया मन्दिर निर्माण गर्न नौ धुर (१५२.३७ वर्ग मिटर) जग्गा दान गरेको हुनाले १०३ वर्षीय सरु रानालाई भुईया समाज सेवा समितिमा अभिन्दन पत्र दिई सम्मान गरेको छ ।
भुईया समाज सेवा समितिमा को पहिलो धार्मीक कार्यक्रम श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा सवै गाँउ वासिहरुको उल्लेखनीय सहयोग गरेकोमा आयोक समितिका अध्यक्ष भलमन्सा नरेन्द्र रानाले बताए ।