नागरिक लगानी कोषले १ प्रतिशत थप प्रतिफल दिने

काठमाडौँ, १५ असार– नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई सोही कार्यक्रमको सञ्चित नाफाबाट १ प्रतिशत थप प्रतिफल दिने भएको छ ।

Dadeldhura hospital

अवकाश कोष व्यवस्था अनुसार २०७७ असार मसान्तसम्मका सहभागीहरूको मौज्दात रकममा थप प्रतिफल प्रदान गरिने भएको हो । यस प्रयोजनका लागि करिब १ अर्ब ३ करोड रुपैयाँ बराबर सहभागीलाई वितरण हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिएका छन् ।

Navadurga sun
Godawari sandesh

उक्त प्रतिफल रकम सम्बन्धित सहभागीहरूको खातामा जम्मा गरिएको छ । कोषले यस कार्यक्रममा ब्याज दरको अतिरिक्त थप प्रतिफल निरन्तर रुपमा दिने नीति लिएको र आम्दानीको आधारमा थप प्रतिफल प्रदान गर्ने नीति रहेको नागरिक लगानी कोषले जनाएको छ ।

Loading...