

धनगढी- कैलालीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–५ गेटीका २८ वर्षीय नबिन चौधरी लागूऔषधसहित पक्राउ परेका हुन्।



शुक्रबार साँझ इलाका प्रहरी कार्यालय मालाखेती र गेटा चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले चौधरीको घरबाट लागूऔषध बरामद गरी पक्राउ गरेको जनाइएको छ।


विशेष सूचनाको आधारमा चौधरीको घरमा खानतलासी गर्दा ४ ग्राम २७० मिलिग्राम लागूऔषध र डिजिटल तराजु बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।