अछाम र डडेल्धुराबाट नगदसहित १८ जुवाडे पक्राउ

धनगढी- अछाम र डडेल्धुराबाट नगदसहित एकै दिन १८ जुवाडे पक्राउ परेका छन्। डडेल्धुराको अमरगढी नगरपालिका–२ भेल स्थित चन्द्र भण्डारीको पुरानो कुखुरा फर्म भित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका २४ वर्षीय वीरेन्द्र खडायतसहित ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

Dadeldhura hospital

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १३ हजार ३५ रुपैँया र तास तीन गड्डीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Navadurga sun
Godawari sandesh

यस्तै अछामको पञ्चदेवल विनायक नगरपालिका–३ कागतोलाका बलबहादुर शाहीको खाली घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाँउ बस्ने ३५ वर्षीय विनोद शाहीसहित ९ जनालाई मंगलबार राति पक्राउ गरिएको हो।

उनीहरूलाई पनि विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय विनायक अछामबाट खटिएको प्रहरी टोलीले नगद ३६ हजार एक सय र तास ४ गड्डीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

 

Loading...