कञ्चनपुरबाट ८ जुवाडे पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा भान्छा कोठाबाट आठ जुवाडे पक्राउ परेका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१ का फलेन्द्र रानाको भान्छा कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाँउका २९ वर्षीय तेजबहादुर रानासहित आठ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४० हजार ९ सय २७ रुपैँया र तास तीन गड्डीसहित पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...