धनगढीमा कोरियाबाट फर्किएकाको भेला हुँदै

धनगढी– कोरियाबाट फर्किएकाहरूको धनगढीमा भेला हुने भएको छ । दक्षिण कोरियाबाट फर्किएकाहरूको सर्वेक्षणका लागि पहिलो पटक धनगढीमा भेला हुन लागेको हो ।

कोइका नेपालको आयोजनमा पहिलो चरणको सर्वेक्षण कार्यक्रमको आयोजना कार्तिक २१ र २२ गते हुन लागेको छ । अंकुर नेपालको सहकार्यमा धनगढीमा समेत कार्यक्रम गर्न लागेको सुदूरपश्चिम संयोजक गोपाल भट्टले बताए । उनका अनुसार होटल जियानमा बिहान ८ बजे देखि कार्यक्रम सुरु हुने छ ।

Navadurga sun

कार्तिक १२ गते आइतवार पोखरामा कार्यक्रम भएको छ । वालिङ्गमा सोमवार कार्यक्रम भएको छ । तम्घासमा बुधबार कार्यक्रम हुँदैछ । बुटवलमा शुक्रवार कार्यक्रम हुने छ । कपिलवस्तुमा शनिवार कार्यक्रमको आयोजना गरिनेछ । धनगढीमा कार्तिक २१ र २२ गते कार्यक्रम हुने भएको हो ।

ADD Khali jpg
Loading...