


बैतडी- बैतडीमा एक जना गोठभित्र मृत अवस्थामा फेला परेका छन्। जिल्लाको दशरथ चन्द नगरपालिका–२ सुन्दर खालिका करिब २३ वर्षीय चक्रराम लावड गोठभित्र मृत अवस्थामा फेला परेका हुन्।



दशरथ चन्द नगरपालिका–२ सुन्दर खाली घर भएका उनी दशरथ चन्द नगरपालिका–२ कै थला गाउँका स्थानीय दानसिंह थलालको गोठमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।


बालुवा राखेको गोठमा उनी मृत अवस्थामा परेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ। साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।





