

धनगढी– कैलालीमा दुई बालक बेपत्ता भएका छन् । अछामको तुर्माखाद गाउँपालिका-६ तलौनीका १० वर्षीय लक्ष्मण विक र कैलालीको लम्कीचुहा नगरपालिका-५ तलौनीका १४ वर्षीय प्रकाश डाडाबाडी बेपत्ता भएका छन् । उनीहरु लम्कीचुहा नगरपालिका-५ तिलकपुरमा बस्दै आएका थिए ।



दुबै जना लम्कीचुहाबाट कार्तिक ८ गते देखि बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


खोजीका लागि धेरै प्रयास गर्दा पनि फेला नपरे पछि प्रहरीमा निवेदन समेत दिएको बल बहादुर विकले बताएका छन् । उनलाई कसैले फेला पारेमा नजिकैको प्रहरी चौकीमा खबर गरिदिन अनुरोध समेत गरेका छन् ।





