कृष्णपुर नगरपालिकाले ल्यायो ९२ करोड ५६ लाख बढी बजेट प्रस्ताव

कृष्णपुर, १० असार- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आर्थीक वर्ष २०७८/०७९ का लागी ९२ करोड ५६ लाख बढीको बजेट प्रस्तुत गरिएको छ । आज (बिहीबार) नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रम “समृद्ध कृष्णपुर नगरको आधार, स्वास्थ्य शिक्षा, कृषि, उद्योग, पर्यटन र पूर्वाधार” भन्ने मुल नाराका साथ बजेट नवौं नगर सभामा पेश गरेको हो ।

Navadurga sun
Godawari sandesh

नवौं नगर सभामा नगर उप-प्रमुख रमिता राना बडायकले आर्थिक वर्ष २०७८/०७९ का लागी कुल रु.९२ करोड ५६ लाख ४२ हजार को बजेट प्रस्तुत गरेकी छिन् । कृष्णपुर नगरपालिकाले बजेटमा बढि जोड स्वास्थ्य, शिक्षा, कृषि, उद्योग र पर्यटन र पूर्वाधार कार्यलाई प्राथमिकता राखेको छ ।

Dadeldhura hospital

आर्थिक क्षेत्र अन्तरगत व्यावसायिक पशुपालन र तरकारी खेति मार्फत गरिवी निवारणका सहयोग पुयाउनका लागि बेरोजगार युवाहरु, सिमान्तकृत, बिपन्न वर्ग, लोपोन्मुख जाति, आदिवासी जनजाती, मुक्त कमैया, मुक्त हलिया, दलित, कमलरीहरुलार्य सामुहिक व्यवसाय संचालन गर्न उत्प्रेरित गर्ने र बाख्रापालन, बंगुरपालन, कुखुरापालन, माछामालन, गाई भैसीपालन, बमौसमी तरकारी खेती, केरा खेति, फलफूल खेति लगायतका व्यावसायका व्यावसायिक कृषिजन्य व्यवस्थामा अनुदान उपलव्ध गराउने जनाएको छ । कृषि अन्तरगत “एक वडा एक उत्पादन”, मेयर कृषी कार्यक्रम, एक वडा एक कृषी तथा पशु प्राविधिक, हलो किसान कार्यक्रम संचालन गर्ने भएको छ ।

स्वास्थ्य तर्पm विशेषज्ञ सहितको सुविधासम्पन्न १५/१५ शैय्याका दुई वटा नगर अस्पताल, नगरवासी संग डाक्टर, उपमेयर सुत्केरी स्याहार कार्यक्रम, नोवेल कोरोना रोकथाम तथा नियन्त्रण लगायतको रहेको छ ।  त्यसैगरी खानेपानी तथा सरसफाई तर्फ कृष्णपुर नगर भित्र एक धुरी एक धारा, फोहोरलाई मोहरमा जस्ता कार्यक्रम रहेको छ । त्यसैगरी युवा तथा खेलकुद तर्फ स्वस्थ खेलकुद स्वस्थ जीवन, एक वडा एक खेलकुद मैदान निर्माण नितीलाई निरन्तरता दिइनेछ । त्यसैगरी सामाजिक सुरक्षा तर्फ सीपयुक्त महिला आत्मनिर्भर पहिला, दिवा सेवा केन्द्र स्थापना गर्ने।

त्यसैगरी मेयर गैर आवासीय छात्रवृत्ति कार्यक्रम , एक वडा एक नमुना विद्यालय, झिकाऔं, टिकाऔं, सिकाऔ र बिकाऔं, पुणर् साक्षर नगरपालिका घोषणा, चिडियाखाना, ग्वासी समैजी धामलाई आधुनिकीकरण, एक सहकारी एक वस्तु उत्पादन, एक वडा एक सडक कालोपत्रे, जनताको वन, जनताको धन, शव बहानको व्यवस्था, कृष्णपुर नगरपालिकामा स्मार्ट सिटिको अवधारण अनुसार आवश्यक पूर्वाधार सपिंग कम्प्लेक्स, सभा गृह, क्रिकेट स्टेडियम, नगर उधान, चिडियाखाना, धार्मिक तथा पर्यटन पूर्वाधार, एकीकृत बस्ति विकास, औद्योगिक क्षेत्रको लागि सम्भाव्यता अध्ययन, आधुनिक रंगशाला लगायत अन्य सम्भावनाको अध्ययन अनुसन्धान परामर्श र बिस्तृत योजना प्रतिवेदन डिपिआर निर्माण गरि कार्यान्वयन गरिने समेत लगायतका निती कार्यक्रम तथा बजेट सार्वजनिकिकरण प्रस्तुत गरिएको छ ।

नगर सभामा कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले उद्घाटन गरिएको कार्यक्रमको नगर सभामा आर्थिक वर्ष ०७८/०७९ सालको नीति तथा कार्यक्रम नगर उप-प्रमुख रमिता राना बडायकले प्रस्तुत गरेकी छन् ।

Loading...