

अत्तरिया- कैलालीको खुटिया खोलामा अवैध रूपमा नदिजन्य वस्तु उत्खनन् गरिरहेको अवस्थामा चार वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।



मंगलबार राति सवा २ बजेको समयमा गोदावरी नगरपालिका वडा नं. ९ सेहरी र मुरकट्टी स्थित खुटिया खोलामा अवैध उत्खनन् गरिरहेका ट्याक्टर इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको हो ।


ईप्रका मालाखेतीको प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले अवैध रूपमा ढुंगा र बालुवा चोरी गरिरहेको अवस्थामा ट्याक्टरलाई नियन्त्रणमा लिइएको बताए ।
उनका अनुसार भे १ त ६०२२, सु.प्र.प्र. ०१००२ त ५३१८, से १ त ७४९६, सु.प.प्र. ००२ त ५७६७ नम्बरको ट्याक्टर ईन्जन र ट्राली सहित र लु ५ त १३८७ नम्बरको ट्याक्टरको ट्राली मात्र नियन्त्रणमा लिइएको बताए । नियन्त्रणमा लिइएका ट्याक्टर माथि अनुसन्धान गरेर आवश्यक कारवाही गरिने प्रहरीले जनाएको छ ।