चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

Dadeldhura hospital

कञ्चनपुर, ८ असार- कञ्चनपुर जिल्ला अदालतले ४ लाख बढी जरीवाना तोकिएको चोरी मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन । मंगलबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले झण्डै ५ बर्ष अगाडी अदालतबाट ४ लाख १२ हजार ९ सय रुपया जरिवाना भएका भीमदत्त नगपालिका वडा नं. १८ का फरार प्रतिबादी गोविन्द पन्तलाई पक्राउ गरिएको हो ।

कञ्चनपुर जिल्ला अदालतले फरार प्रतिवादीलाई २०७३ कार्तिक ३० गतेको फैसलाले उनलाई उक्त जरिवाना तोकेको थियो । चोरी मुद्दाका फरार प्रतिबादी पन्तलाई निजकै घर ठेगानाबाट लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता एवं प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले जानकारी दिए । प्रहरी नायव उपरिक्षक थापक्षेत्रीका अनुसार पन्तलाई पक्राउगरी जिल्ला अदालतमा पेश गरिएकोमा जरिवाना बाफत ३ बर्ष ९ महीना ११ दिन कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।

Loading...