ह्युम पाइपमा अड्किएर दार्चुलामा दुई बालकको मृत्यु

दार्चुला, ८ असार– दार्चुलको महाकाली नगरपालिका वडा नं. ४ बंगाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्किएर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्याँस गाउँपालिका वडा नं. ४ घर भई हाल खलंगा बस्दै आएका १७ वर्षीय प्रकाश खत्री र दुहुँ गाउँपालिका वडा नं. ४ ब्रह्मदेव घर भई खलंगा बस्दै आएका १२ वर्षीय रमित कुँवरको मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ ।

Dadeldhura hospital

महाकाली लोकमार्ग, दार्चुला तिंकर सडक अन्तर्गत निर्माणाधीन लास्कुखोलाको मोटरेवल पूलभित्र राखिएको ह्युम पाइपमा अड्किएर दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

मंगलबार दिउँसो गर्मीको समयमा नदीमा पौडी खेल्ने क्रममा उनीहरु बगेर ह्युमपाइपभित्र अड्कीएको प्रहरीले जनाएको छ । निरन्तर वर्षाका कारण निर्माणाधीन पूलभित्र ह्युम पाइप राखेर नदी खुलाइएको थियो । पूललाई क्षति नगरोस् भन्ने होम पाइप राख्न लगाइएको भए पनि पौडी खेल्ने बेला दुवै बालक अड्कीएका हुन् । ह्युमपाइप भित्र अड्कीएर मृत्यु भएका बालकलाई जेसीभी लगेर निकालिएको थियो ।

Loading...