

धनगढी- शनिबार रातिदेखिको अविरल वर्षाले बैतडी–दार्चुला जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुर्नाया गाउँपालिका–३ धर्मघर नजिक पहिरो जाँदा आइतबार बिहान ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो ।



जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले शतबाँझ गोकुलेश्वोरको धर्मघर नजिक पहिरो गएपछि यातायात अवरुद्ध भएको बताए ।


निरन्तरको वर्षाले सडक खोल्न नसकिएको पनि उनले जानकारी दिए । महाकाली राजमार्ग अवरुद्ध भएपछि दार्चुला जाने सबै यातायातका साधन सडक खण्डमै रोकिएका छन् ।

