भीरबाट खसेको ढुङ्गा लागेर वालिकाको मृत्यु






डोटी- डोटीमा भीरबाट खसेको ढुङ्गा टाउकोमा लागि एक वालिकाको मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिका-१ छपाली, पुजारा गाउँ बस्ने ११ वर्षीया समिक्षा पुजाराको मृत्यु भएको हो ।


विद्यालयको बिदा पश्चात घरबाट खाजा खाएर जङ्गलमा बाख्रा ल्याउन हिडेकी समिक्षाको टाउकोमा ढुङ्गा लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।



