चितुवाको आक्रमणबाट अछाममा तीन जना घाइते

अछाम- अछाममा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन्। जिल्लाको रामारोशन गाउँपालिका–६ भटाकाटियाकी अन्दाजी ३५ वर्षीया हैकला साउद घाइते भएकी छन् । हैकलालाई गोठको छाना नजिकै घाँस काट्नेक्रममा गोठको छानामा लुकेर बसेको चितुवाले आक्रमण गरेको हो।

Dadeldhura hospital

यस्तै सोही पालिकाकै २१ वर्षीय सूर्यबहादुर साउद र ३७ वर्षीय जगत साउदलाई गोठभन्दा करिब पाँच सय मिटर टाढा मकैवारीमा घाइते अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए ।

Navadurga sun
Godawari sandesh

चितुवाको आक्रमणबाट हैकलाको कुमको तलपट्टी चोट लागेको छ। घाइते तीनै जनाको स्थानीय स्वाथ्यचौकीमा उपचार भैरहेको छ। तीनै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक साउदले बताए ।

चितुवाले आक्रमण गर्नेबित्तिकै हैकलाले हल्ला गरेकाले नजिकैका व्यक्तिहरू आएपछि चितुवा भागेको थियो। दुई हप्ताअघि पनि सोही गाउँपालिका–७ सुतारमा एक बालकलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो।

Loading...