कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–६ बैशाखापुलबाट ०।४२ मिलिग्राम लागुऔषध खैरो हेरोईनसहित दुई जना बुधवार पक्राउ परेका हुन्।

Dadeldhura hospital

पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–१ को २४ वर्षीय गगनसिंह राना र पुनर्वास नगरपालिका–१० का १८ वर्षीय देबराज राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।

Navadurga sun
Godawari sandesh

उनीहरु भारतबाट नेपाल तर्फ आईरहेको अबस्थामा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिईएको प्रहरी टोलीले चेकजाँच गर्दा देबराज रानाले दाहिने कानको एयरफोन भित्र प्लाष्टिकमा लागुपदार्थ लुकाईराखेको अबस्थामा फेला पारी नियन्त्रणमा लिएको बताइएको छ। उनीहरुको साथमा रहेको मोटरसाईकल एक थानसहित दुबै जनालाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान गरिरहेको छ।

 

Loading...