बझाङमा एक जना मृत फेला

Dadeldhura hospital

बझाङ- बझाङमा एक जना मृत फेला परेका छन्। जिल्लाको दुर्गाथली गाउँपालिका–५ बस्ने ३० वर्षीय कृष्ण जप्रेल सैन खोलामा मंगलवार राति मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

महालिङ्ग देवताको मन्दिरमा लाग्ने धार्मिक मेलाबाट घर फर्किने क्रममा सैन खोलामा जप्रेलले हाम फालेको प्रहरीले बताएको छ। प्रहरीले यस घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

Navadurga sun
Godawari sandesh
Loading...