

कञ्चनपुर- कञ्चनपुरमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–६ स्थित टाउन बजारमा सु।प।प्र।०१००१ ह ४०१६ नम्बरको अटोको ठक्करबाट पैदल यात्री सोही ठाउँकी ८६ वर्षीया छलीदेवी थापाको मंगलवार राति मृत्यु भएको हो।



मंगलवार साँझ अटोको ठक्करबाट गम्भीर घाइते भएकी थापाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


सोही नगरपालिका वडा नम्बर–८ ख गाउँका ३२ वर्षीय अटो चालक केशव ओझा र अटोलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।





