धनगढी–५ हसनपुरमा स्कुटरले ठक्कर दिँदा पैदल यात्री घाइते

धनगढी- धनगढीमा स्कुटरले ठक्कर दिँदा एक जना पैदल यात्री गम्भीर घाइते भएका छन्। धनगढी ५ हसनपुरस्थित वाल्मिकी स्कुल नजिकै सु.प.प्र ०१०११ प ९१०५ नम्बरको स्कुटरले सोही ठाउँका ४० वर्षीय ज्युधन चौधरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

सोमबार बिहान साढे ५ बजे स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको धनगढीस्थित निर्सग हस्पिटलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। चालक लक्ष्मी शाह सहित स्कुटर प्रहरी नियन्त्रणमा रहेको बताइएको छ।

 

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...