जंगली च्याउ खाँदा २ बालबालिकाको मृत्यु

बझाङ- जङ्गली च्याउ खाँदा बझाङमा थप एक बालकको मृत्यु भएको छ। जङ्गली विषालु च्याउ खाँदा जयपृथ्वी नगरपालिका–६ नौराका लक्ष्मण कठायतकी-७ वर्षीया छोरी सञ्जिला र उनका ११ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो।

Dadeldhura hospital

सञ्जीलाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि डडेल्धुरा रेफर गरिएकोमा बुधबार बीच बाटोमै ज्यान गएको थियो। ​ सुदीपको भने डडेल्धुरा अस्पतालमा उपचारका क्रममा गएराति ८ बजे मृत्यु भएको जयपृथ्वी नगरपालिका–६ का वडाध्यक्ष नरेन्द्रबहादुर सिंहले बताए।

Navadurga sun
Godawari sandesh

सुदीपको शव अहिले बझाङ ल्याउँदै गरिएको र सञ्जिालको शव भने परिवारले दाहसंकार गरेको उनले बताए। उनीहरूले बुधबार बिहान घरमाथिको लेकबाट ल्याएको बिषालु जंगली च्याउ खाएका थिए। आमा पुनी कठायतको अवस्था भने सामान्य रहेको छ।

उनी अहिले घरमै उपचाररत रहेको पनि सिंहले बताए। बाबु विद्यालयका कर्मचारी भएको र उनी विद्यालय गएका बेला आमासहित छोराछोरीले च्याउको तरकारी बनाएर खाएका थिए। पुनीकी जेठी छोरीले भने च्याउ नखाने भन्दै खान मानेकी थिइनन्।

Loading...