कञ्चनपुर- कञ्चनपुर प्रहरीले मेडिकल सञ्चालकसहित सात जना जुवाडे लाई पक्राउ गरेको छ । मेडिकलभित्रै जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित प्रहरीले सात जनालाई पक्राउ गरेको हो।




पुनर्वास नगरपालिका–३ को बिएन पोलिक्लिनिक प्रालिको माथिल्लो तलाबाट मंगलबार राति मेडिकल सञ्चालक डाक्टर सागर केसीसहित सात जना पक्राउ परेको प्रहरीले जनाएको छ।


जुवा खालबाट एक गड्डी ताससहित ८५ हजार ८ सय ३५ रुपैयाँ बरामद गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक हेमराज भट्टले बताए।




