धनगढीको एक कस्मेटिक पसलमा आगलागी

Dadeldhura hospital

धनगढी- कैलालीको धनगढीमा रहेको एक कस्मेटिक पसलमा आगलागी भएको छ। धनगढी उप–महानगरपालिका–५ पिपल चौतारामा रहेको एक कस्मेटिक पसलमा आगलागी भएको हो।

३९ वर्षीया तृप्ती जोशीले सञ्चालन गरेको तृप्ती कस्मेटिक पसलमा विद्युत सर्ट भएर आगलागी हुँदा १२ लाख बढीको क्षति भएको बताइएको छ। पसलभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले बताएको छ।

 

Navadurga sun
Godawari sandesh
Loading...