करेन्ट लागेर ७ वर्षीय बालकको मृत्यु

Dadeldhura hospital

धनगढी- धनगढीमा करेन्ट लागेर ७ वर्षीय बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-१४ डी गाउँका पुष्पराज उपाध्यायको ७ वर्षीय छोरा बेदप्रसाद उपाध्यायको करेन्ट लागेर आइतवार बिहान मृत्यु भएको हो ।

आफ्नै घरको पानी तान्ने मोटरको तारमा अचानक छुन गई करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...