काठमाडौं- नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय प्रतियोगिता आजदेखि शुरु भएको छ । सेनाको सुदूरपश्चिम पृतनाद्वारा आयोजित उक्त प्रतियोगितको एक समारोहबीच सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापाले उद्घाटन गरेका हुन् ।




यही भदौ १० गतेसम्म सञ्चालन हुने पृतनापति प्रतियोगितामा भलिबल, फुटबल, बास्केटबल, पौडी, बक्सिङलगायत खेल हुनेछन् । खेलहरू ५ नं बाहिनी अड्डा र २५ नं बाहिनीमा सञ्चालन हुने छन् ।


भलिबल, पौडी र बक्सिङ महेन्द्रनगरमा तथा बाँकी खेल कैलालीको तेघरी ब्यारेकमा सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । यसबाट खेलाडीबीच सामूहिक भावना पैदा हुनुका साथै विभिन्न प्रतियोगिता खेल्न खेलाडीलाई मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ ।




