

धनगढी- सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराइसँग जोड्ने भीमदत्त राजमार्ग पहिरोले अवरुद्ध भएको छ । कैलालीको गोदावरी नगरपालिका–४, मा सोमबार राती गएको पहिरोले सडक पुरिनुका साथै भासिएको छ ।



पहिरोले सडक केही ठाउँमा भासिएर चिरा परेको र राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएर दर्जनौं सवारी साधनहरु रोकिदा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।


दुई ठाउँमा पहिरो गएको त्यहा खटिएका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी सहायक निरीक्षक आकास रावलले जानकारी दिए ।
पहिरो पन्छ्याउन सडक डिभिजन कार्यालयको आउन लागेको उनले बताए । ‘माथीको पहिरो ठूलो छ भन्ने खबर आएको छ, हामी त्यहा पुग्न सकेका छैनौ’, उनले भने ।

