कैलालीका तीन जना लागुऔषधसहित कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर- कैलालीका तीन जना लागुऔषधसहित कञ्चनपुरबाट पक्राउ परेका छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ मालुबेलाबाट अर्जुन चौधरी, बेलौरी नगरपालिका–६ बैशाखापुलबाट बिवेक सापकोटा र सन्तोष चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्।

Dadeldhura hospital

कैलालीको धनगढी उप महानगरपालिका–५ बस्ने २५ वर्षीय अर्जुन चौधरी ६० मिलिग्राम लागु औषध खैरोहेरोईन जस्तो देखिने धुलो पदार्थ सहित शुक्रवार साँझ पक्राउ परेका हुन् । उनलाई इलाका प्रहरी कार्यालय रैकवार कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

त्यस्तै, कैलालीको गौरीगङ्गा नगरपालिका–८ बस्ने २१ वर्षीय बिवेक सापकोटा र धनगढी उपमहानगरपालिका३ बस्ने २० वर्षीय सन्तोष चौधरी १ ग्राम ३५ मिलिग्राम लागु औषध खैरोहेरोईन जस्तो देखिने धुलो पदार्थ सहित शुक्रवार साँझ पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी १ थान स्कुटरसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुमाथी थप अनुसन्धान गरिरहेको छ ।

Loading...