धनगढी बसपार्कबाट १० जना जुवाडे पक्राउ

धनगढी- कैलालीस्थित धनगढी बसपार्कबाट १० जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बसपार्कमा रहेको कलेल होटलबाट १० जना जुवाडे एक लाख चार हजार आठ सय १० रुपैयाँसहित पक्राउ परेका हुन्।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कुलदिप चन्दका अनुसार बसपार्कको कलेल होटलबाट सञ्चालक तेजबहादुर कलेलसहित डोटीको विपीनगरका ३० वर्षिय सुजित खड्का, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ को ३० वर्षिय खड्क साउँद, सोही ठाउँका पुरनबहादुर खड्का, देवबहादुर खड्का, योगेन्द्र खड्का पक्राउ परेका छन्।

Navadurga sun
Godawari sandesh

यस्तै गोदावरी नगरपालिका वडा नम्बर ३ का ३२ वर्षिय कुवेर खड्का, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर २ का धनबहादुर विष्ट, ३५ वर्षिय अमित बोहरा र दीपायल–सिलगढी नगरपालिका वडा नम्बर ६ का अविनाश कठायत पक्राउ परेका हुन्। उनीहरुलाई जुवा ऐन अनुसार कारबाही गरिने कैलाली प्रहरीले बताएको छ। वडा प्रहरी, धनगढीको टोलीले जुवाडेलाई पक्राउ गरेको हो।

 

Loading...