टीकापुरमा लागुऔषधसहित दुई जना पक्राउ

धनगढी- कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–२ राजिपुरबाट ९० मिलिग्राम लागुऔषधसहित सोही ठाउँका ३२ वर्षीय सियाराम चौधरी र २१ वर्षीय सुरेश चौधरीलाई सोमवार प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिइएको प्रहरी टोलीले लागुऔषधसहित फेलापारी दुबै जनालाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...