कैलालीमा यौनधन्दा गराउने दुई जना पक्राउ

धनगढी- कैलालीको अत्तरिया क्षेत्रमा होटल खोलेर यौनधन्दा गराउने दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीले सोमवार गोदावरी नगरपालिका–२ आदर्श गल्लीमा रहेको होटलमा छापा हान्दा महिलासहित होटल संचालक पक्राउ परेका हुन्।

Ganyapdhura gau
Dadeldhura hospital

गोदावरी नगरपालिका–२ आदर्श गल्लीमा रहेको बोगटी अछाम होटलका सञ्चालक डोटीको घण्टेश्वरका प्रकाश थापा र कैलालीको घोडाघोडी बस्ने बिमला सुनार पक्राउ परेका हुन्। मालाखेती प्रहरीका अनुसार उक्त होटलबाट एक बट्टा कण्डम, ९ ट्याबलेट गर्भनिरोधक औषधि इकोन पिल्स र सरजोल क्रीम एक बट्टा बरामद भएको छ।

Navadurga sun
Godawari sandesh

वेश्यावृत्ति तथा अनैतिक क्रियाकलापमा संलग्नता रहेकाले उनीहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी गणेश बरालले बताए।

 

Loading...