डोटीमा घर भत्किँदा एक महिलाको मृत्यु

Dadeldhura hospital

डाटी- डोटीमा घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार राति दिपायल सिलगढी नगरपालिका-५ गैराकी ३० वर्षीया गंगा मलासीको मृत्यु भएको हो । चार कोठा भएको एक तले घर भत्किँदा सोही घरमा सुतेकी मलासीको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Ganyapdhura gau

राति नै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आनसिंह धामीको कमान्डमा गएको १० जनाको टोलीले बिहान ५ बजे मलासीको शव निकालेको थियो ।

Loading...