

अत्तरिया- सुदूरपश्चिम प्रदेश सरकारले आगामि आर्थिक वर्ष २०८०/०८१ को बजेटमा अपाङ्गता भएकाहरुको लागि कुनै शिर्षकमा बजेट नछुट्याएको भन्दै आईतबार सुदूरपश्चि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यय अगाडि सिट्टी बजाएर विरोध प्रदर्शन गरेका छन् ।



सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा अपाङ्गता सामावेशीता नभएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले असार ५ गते देखि शान्तिपुणर् तरिकाले आन्दोलन शुरु भएको थियो । असार १० गते देखि शान्तिपुणर् प्रदर्शन सहित प्रदेश सभा अगाडि र पार्कमोडको चौतारामा रिले अनसनमा समेत बसेका थिए ।


त्यस्तै प्रदेशको सरकार र धनगढी उपमहानगरले निर्माण गरेका विकास निर्माणका संरचना अपाङ्गमैत्री नभएको उनीहरुको गुनासो छ । उनीहरुले सार्वजनिक क्षेत्रमा निर्माण गरिएका संरचना मापदण्ड बिपरित बनेका भन्दै चौताराको र्याम्पहरु शौचालयहरु भत्काएर हुईल चियर जाने बाटो निर्माण गरेका छन् ।
आफ्ना माग प्रति सरकारले बेवास्ता गरेको भन्दै असार १५ गतेदेखि अनिश्चितकालिन रिले अनसनमा रहेर दैनिक विरोध प्रदर्शन क्रियाकलाप गर्दै आएका छन् । शनिबार उनीहरुले मुख्यमन्त्री कार्यालय अगाडि अर्धनग्न भएर विरोध प्रदर्शन समेत गरेका थिए।