दृष्टि फाउण्डेसन र विपन्न परिवारलाई अत्तरिया जेसीजद्वारा खाद्यान्न सहयोग

अत्तरिया, ३० जेठ- अत्तरिया जेसीज बर्ष २०२१ ले कैलालीको धनगढीमा रहेको दृष्टि फाउण्डेसन र गोदावरी नगरपालिकाका २ विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

Ganyapdhura gau

Navadurga sun
Godawari sandesh

कोरोना महामारीका कारण गरिएको लकडाउनमा राहत पुगोस भनेर जेसीजले दृष्टि फाउण्डेसन संगै विपन्न परिवारलाई यस्यो किसिमको सहयोग गरेको हो ।

जस अन्तरगत दृष्टि फाउण्डेसनलाई मसिनो चामल ५ बोरा, दाल ५ किलोग्राम, नुन ५ किलोग्राम, तेल ५ पोका, मसला र साबुन दर्जन हस्तान्तरण गरिएको अत्तरिया जेसीज वर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष एवम् राहत वितरण गरेको कार्यक्रमका संयोजक डण्डीराज जोशीले बताए ।

Dadeldhura hospital

खाद्यान्न सामग्री बुझ्दै दृष्टि फाउण्डेसनकी सञ्चालिका कल्पना भट्टले जेसीजबाट भएको सहयोगले फाउण्डेसन सञ्चालनमा थप सहयोग पुग्ने समेत बताएकी छन् । सञ्चालिका भट्टले बिभिन्न संघ, सस्था र व्यक्तिहरूको सहयोगमा फाउण्डेसन चलिरहेको भएपनि पछिल्लो समय कोरोना महामारीका कारण फाउण्डेसनमा सहयोग जुटाउन निकै समस्या भइरहेको समेत बताउँछिन् ।

उक्त फाउण्डेसनमा हाल ४५ जना साहाराविहिन, सुस्तमनस्थिति भएका, महिला, बालबालिका र ५ जना हेरचाह गर्ने स्वयम्सेवकहरू बस्दै आएका छन् । जसमध्ये १६ जना गोदावरी नगरपालिका भित्रका रहेको फाउण्डेसनकी सञ्चालिका भट्टले बताइन् ।

त्यसैगरी जेसीजले कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ मा रहेका २ विपन्न परिवारलाई समेत खाद्यान्न सहयोग गरेको छ । जसअन्तरगत स्थानीय लक्ष्मी कामी र मनोज लुहारको परिवारलाई २ कट्टा चामल, २० किलोग्राम गहुँको पिठो, २ किलोग्राम नुन, २ प्याकेट तेल र तरकारी सहयोग गरिएको कार्यक्रमका संयोजक जोशीले बताए ।

जेसीजद्वारा दुवै ठाउँमा भएको उक्त राहत वितरण कार्यक्रममा अत्तरिया जेसीज बर्ष २०२१ का अध्यक्ष पदमराज ओझा, निवर्तमान अध्यक्ष प्रमोद अधिकारी, कार्यकारणी उपाध्यक्ष डण्डीराज जोशी, महासचिव प्रेरणा पाण्डे, कोषाध्यक्ष प्रकाश मल्ल लगायतको सहभागिता रहेको थियो ।

Couple
Loading...