पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग आठ घण्टापछि सञ्चालनमा

बैतडी- वर्षाका कारण सडक माथिबाट खसेको पहिराले अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग आठ घण्टापछि सञ्चालनमा आएको छ। राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ८ ज्यापुमा गएराति ११ बजे पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको थियो।

Ganyapdhura gau
Dadhaldhura pur

सडकमा खसेको पहिरो जेसीबीले पन्छाएपछि आज बिहादेखि राजमार्ग सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक, योगेश खत्रीले जानकारी दिए। पहिरो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको र घण्टौदेखि रोकिएका सवारीसाधन अलपत्र रहेका यात्रु गन्तव्यतर्फ लागेका छन्।

Navadurga sun

लामो समयको खडेरीपछि मनुसुनी वर्षा शुरु भएसंगै पहिरोका कारण सडक, विद्यालय लगायतका संरचनाहरुमा क्षति पुग्न थालेको छ। यसअघि असार १० गते पनि जयपृथ्वी राजमार्ग अन्र्तगत बैतडीको सिगास गाउँपालिका–९ श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको थियो।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...