कञ्चनपुरमा करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु भएको छ। बैतडी घर भएर हाल भीमदत्त नगरपालिका–१० गड्डाचौकी माईती घरमा बस्दै आएकी तुलसी कोलीको दुई वर्षीय छोरा आरबको करेन्ट लागेर मृत्यु भएको हो।

प्रहरीका अनुसार घरमा टिभीको लाइन जोड्ने क्रममा एक्कासि करेन्ट लागेर आरब घाइते भएका थिए। उनको उपचारको क्रममा महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...