नेपाल-भारत सीमानजिकबाट लागुऔषधसहित ३ युवक पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लागुऔषध खैरो हेरोइन र चरेशसहित तीन युवक पक्राउ परेका छन्। आइतबार राति भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल–भारत सीमा नं. ७ नजिकबाट तीन युवक पक्राउ परेका हुन्।

Dadeldhura hospital

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–५ सुकासालका २१ वर्षीय सौरव पहरी, सोही ठाउँका २० वर्षीय सुरज राना र२१ वर्षीय हरिश दमाइ छन्।उनीहरुको साथबाट ०.५१ ग्राम चरेश, ०.६० ग्राम खैरो हेरोइन र एकथान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Navadurga sun
Godawari sandesh

सशस्त्र प्रहरी सीमा सुरक्षा बल गड्डाचौकीबाट खटिएको टोलीले शंका लागेर जाँच गर्ने क्रममा उनीहरुको साथमा लागुऔषध भेटिएको थियो।पक्राउ परेका तीनैजना अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।

 

Loading...