सुदूरपश्चिम प्रदेश सरकार विस्तार आज, नागरिक उन्मुक्तिको छैन टुंगो

धनगढी- सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् शनिबार (आज) विस्तार हुँदै छ। शुक्रबार नै गर्ने भनिएको मन्त्रिमण्डल विस्तार सत्ता गठबन्धनमा आबद्ध नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालयमा दाबी गरेपछि रोकिएको थियो। आन्तरिक छलफल गर्ने भन्दै उन्मुक्तिले आज बिहान १० बजेसम्मको समय मागेको छ। नागरिक उन्मुक्ति पार्टी सरकारमा सामेल हुनेरनहुने भन्ने कुरा यो खबर लेख्दासम्म टुंगो लागेको छैन।

‘हाम्रो दाबी दुई मन्त्रालयमा हो, केन्द्रमा पनि यस्तै सहमति भएको थियो, दुई मन्त्रालय नपाए शपथ खादैनौँ,’ संसदीय दलका नेता घनश्याम चौधरीले भने, ‘केन्द्रले गरेको निर्णयअनुसार अघि बढ्छौँ।’

Navadurga sun

मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति सरकारमा सामेल नभए माओवादी र कांग्रेसबाट मन्त्री नियुक्त गरेर सरकार विस्तार गर्ने तयारी गरेका छन्। माओवादी केन्द्रको भागमा सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय परेको छ। माओवादीबाट रमेश धामी र झपट साउद मन्त्री बन्नेछन्।

माओवादीकी गीता देवी माल राज्य मन्त्रीमा नियुक्त हुने छिन्। उनको मन्त्रालय भने अझै निर्धारण भइसकेको छैन। आन्तरिक मामिला तथा कानुन मन्त्रालय कांग्रेसको भागमा परेको छ। कांग्रेसले मन्त्री अझै टुंगो लगाएको छैन। पृथ्वीबहादुर सिंहको चर्चा बढी छ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम २६ माघमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका थिए। २१ फागुनमा उनले प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। मुख्यमन्त्री नियुक्त हुँदा कांग्रेसबाट प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीबाट नरेश शाहीलाई मन्त्री नियुक्त गरेपछि अहिलेसम्म भागबन्डा नमिल्दा सरकार विस्तार हुन सकेको छैन।

नागरिक उन्मुक्तिले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाएको छ। योसँगै उसले सामाजिक विकास मन्त्रालयमा पनि दाबी गरेको छ।नागरिक उन्मुक्ति सरकारमा सामेल भए रामेश्वर चौधरी मन्त्री बन्ने सम्भावना छ। नागरिक उन्मुक्ति पार्टीले लक्ष्मण किशोर चौधरीलाई पनि मन्त्री बनाउन सिफारिस गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...