मुक्त कमैया पुर्नस्थापनाका लागि पालिका स्तरीय अन्तर सम्बाद कार्यक्रम सम्पन्न

मुक्त कमैया समाज जिल्ला समितिको अध्यक्षमा सुरज डगौरा चयन

कञ्चनपुर- मुक्त कमैया पुर्नस्थापनाका लागि पालिका स्तरीय अन्तर सम्बाद कार्यक्रम सम्पन्न भएको छ । मुक्त कमैया समाज जिल्ला समिति कञ्चनपुरको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

मुक्त कमैया समाज कञ्चनपुरका अध्यक्ष रामप्रसाद रानाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा रहेका थिए ।

Navadurga sun
Godawari sandesh

प्रमुख अतिथि रहनु भएका नगर प्रमुख बोहरा उक्त कार्यक्रममा बोल्दै मुक्त कमैया पुर्नस्थापना कार्यविधि २०७९ पारित भएपछि नगरपालिकामा कार्यान्वय गरिने बताएका छन् । मुक्त कमैया समुदायमा बाल बिबाह अन्त्य गरी शिक्षामा बढी ध्यान केन्द्रित गर्नु पर्ने उनको भनाई छ ।

Dadeldhura hospital

त्यस्तै कार्यक्रममा विशिष्ट अथिति बेदकोट नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष चित्रदेब भट्टले मुक्त कमैयाहरुले ५ कठ्ठा जग्गा प्राप्त गरेपनि सिचाई र शुद्ध खानेपानीको अभावका कारण जिविकोपार्जनमा समेत निकै समस्या झेल्नु परि रहेको बताए ।

बेदकोट नगरपालिका २ का वडा अध्यक्ष नरेश बहादुर सिंहले मुक्त कमैयाहरुको जिवनस्तर माथि उकास्न रोजगार सिर्जना गर्ने किसिमको आयआर्जन मुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने आबश्यकता रहेको कुरा औल्याएका थिए ।

कार्यक्रममा मुक्त कमैया समाजका महासचिव घासीराम रानाले बिगतमा मुक्त कमैया बिधेयक सरकारले पारित नगरेको कुरालाई स्मरण गदै अहिलेको मुक्त कमैया पुर्नस्थापना कार्यविधि २०७९ लाई पनि अर्थ मन्त्रालयबाट सरकारले फिर्ता गरेको कुरा दुःखद भएको बताए । मुक्त कमैयाहरुको आन्दोलन शुरु भैसकेको हुनाले मुक्त कमैया पुर्नस्थापना कार्यविधि २०७९ पारित गराएर नै छाडने उनको भनाई छ ।

कार्यक्रममा स्वागत मन्तव्य मुक्त कमैया समाज सुदूरपश्चिमकी कोषाध्यक्ष अनिता चौधरीले गरेकी थिइन् भने कार्यपत्र शुक्लाफाँटा एफ एमका पत्रकार दानसिंह डंगौराले प्रस्तुत गरेरिएको कार्यक्रम सञ्चालन समाजका सचिव बुधीराम चौधरीले गरेका थिए ।

मुक्त कमैया समाज जिल्ला समितिको अध्यक्षमा सुरज डगौरा चयन
मुक्त कमैया समाजले बेदकोट नगरपालिकामा नगर स्तरिय १३ सदस्यिय समिति समेत चयन गरेको छ । समितिको अध्यक्षमा सुरज डंगौरा, उपाध्यक्ष बिपना डंगौरा, सचिब बिबेक चौधरी, कोषाध्यक्ष कविता डंगौरा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सुनिता थारु, माया डंगौरा, सिता डंगौरा, कुसुम डंगौरा, दलबहादुर डंगौरा, सुनिता सार्की र छेदुराम डंगौरा चयन भएका छन् भने पछि दुई जनालाई मनोनित गरिने जनाइएको छ ।

Loading...