कञ्चनपुरमा प्रहरी र क्यारिङ्गकर्ताबीच विवाद

कञ्चनपुर- कञ्चनपुरमा प्रहरी र क्यारिङ्गकर्ताबीच विवाद भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–५ स्थित सुकासालमा प्रहरी र क्यारिङ्गकर्ताबीच विवाद भएको हो। मंगलवार साँझ प्रहरीले समान जाँच गर्दा दुवै पक्षबिच विवाद मच्चिएको प्रहरीले जनाएको छ।

Dadeldhura hospital

भारतीय सीमावर्ती शहर वनबासाबाट दुइपाङ्ग्रे साधनमा मालसामान क्यारिङ्ग गर्दै आएका उनीहरु आक्रोशित भएर सुकासालस्थित प्रहरी बिटमा तोडफोड समेत गरेका छन्। प्रहरीले चेकजाँचका नाममा अनावश्यक दुःख दिएको उनीहरूको आरोप छ।

godawari10 Mahila hinsa
Navadurga sun

झडपमा दुवै पक्षका केही व्यक्ति घाइते भएको कञ्चनपुर प्रहरीले जनाएको छ। तोडफोडमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी रहेको कञ्चनपुर प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताएका छन्।

 

 

 

Loading...