


अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित स्याउलेमा सडक अवरुद्ध गरिएको छ । धुवाँधुलो नियन्त्रणको माग गर्दै धनगढी-दिपायल फास्ट ट्रयाक अन्तगर्तको सडक शुक्रबार बिहान स्थानीयले अवरुद्ध गरेका हुन् ।



सडक निर्माणको जिम्मा लिएको खड्का कृष्ण जेबी निर्माण कम्पनीले व्यवास्ता गरि धुलोधुवाँ भएपछि स्थानीयले सडक अवरुद्ध गरेको स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले बताए । उनले धुलाम्मे सडकले आसपासका नागरिकको स्वास्थ्य अवस्था निकै जोखिममा पर्नुका साथै स्याउले बजारको व्यवसाय नै धरापमा परेको बताए ।


धुलो नियन्त्रण नहुदा सम्म सडक अवरुद्ध गर्ने उनले बताए । स्कुलबस, एम्बुलेन्स लगायतका ईमरजेन्सी सवारी साधनहरु भने सञ्चालन हुन दिने अध्यक्ष देउवाले बताए । सडक निर्माण कम्पनीले धुवाँधुलो नियन्त्रणका विधि नअपनाए कारण नागरिकलाई सास्ती भएको, जनजीवन कष्टकर भएको, व्यापार व्यवसाय सञ्चाल नगर्न कठिन भएको स्थानीयको आरोप छ ।





